चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा दोब्बर वृद्धि

भक्तपुर न्यूज

१६ मंसिर २०७३ ७:५६

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा दोब्बर वृद्धि

चितवन, १६ मंसिर । गत वर्ष भूकम्प र नाकाबन्दीको प्रभावका कारण चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्यामा कमी आएता पनि हाल पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । निकुञ्जका कार्यालयका अनुसार गत आर्थिक बर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोहि अबधिमा दोब्बरभन्दा बढीले पर्यटक सङ्ख्यामा वृद्धि भएको हो । गत आर्थिक बर्षको पहिलो चार महिनामा १८ हजार १३८ जना पर्यटक निकुञ्ज भित्रिएका थिए भने चालु आर्थिक बर्षको सोहि अबधिमा ३८ हजार ६०४ जना पर्यटक भित्रिएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
उनका अनुसार यस वर्षको कात्तिक महिनामा मात्रै १६ हजार २८६ पर्यटकले निकुञ्ज घुमेका थिए । जसमध्ये नेपाली चार हजार २७६, सार्कका एक हजार २८९ र अन्य मुलुकका १० हजार ७२१ छन् । यस्तै असोजमा १० हजार २५४, भदौमा छ हजार ३३ र साउनमा छ हजार ३१ जनाले निकुञ्ज घुमेका थिए । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै राजस्वमा समेत वृद्धि भएको छ । चालु आवको चार महिनामा रु छ करोड ११ लाख छ हजार ४६० राजस्व सङ्कलन भएको छ । गत आ व को सोही अवधिमा दुई करोड ४९ लाख ३४ हजार मात्रै राजस्व सङ्कलन भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *