अमेरिकी राष्ट्रपति ट्रम्पले व्यवसाय छोड्ने
एजेन्सी, १६ मंसिर । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतीय जिम्मेवारीमा केन्द्रित रहन र स्वार्थ बाझिन सक्ने संभावना रोक्न आफ्नो व्यवसाय पूर्ण रुपमा छोड्ने घोषणा गरेका छन् । राष्ट्रपति निर्वाचित ट्रम्पले सामाजिक सञ्जाल ट्वीट मार्फत उक्त घोषणा गरेका हुन ।
डिसेम्बरमा उनले आफ्ना छोराछोरी सहित योजनाको विस्तृत विवरण प्रेस सम्मेलन मार्फत दिने पनि बताएका छन । ट्वीटमा ट्रम्पले डिसेम्बर १५ न्यूयोर्कमा पत्रकार सम्मेलन गरेर ब्यवसाय सम्पुर्ण रुपमा छाडने घोषणा गरेका हुन । आफ्नो ध्यान देश सचालनमामा केन्द्रित रहने र अमेरिकालाई फेरि महान बनाउन हुने उनको भनाइ छ ।
बीस मिनेटको अवधीमा चारवटा ट्वीट गर्दै ट्रम्पले आफ्नो व्यवसायबाट आफु टाढा रहने योजना सार्वजनिक गरेका हुन । ट्रम्पका छोराछोरीहरु उनको व्यवसायमा बरिष्ठ पदमा छन् । कानुन अनुसार आफुले त्यस्तो गरिरहनु नपर्ने भएपनि राष्ट्रपतिका रुपमा व्यवसायबाट पृथक रहनु ठीक लागेर आफ्नो स्वार्थ नबाझियोस भनेर यस्तो निर्णय गरेको ट्रम्पले बताएका छन् । उनको व्यवसाय र राष्ट्रपतीय भूमिकाबीच बाझिन सक्ने स्वार्थका विषयलाई यस अघि भने उनले अस्वीकार गरेका थिए ।