चेल्सी शीर्ष स्थानमा उक्लियो
एजेन्सी, १२ मंसिर । इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा कायम रहन सफल भएको छ । गएराति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा टोटनह्यामलाई २–१ ले हराउँदै शीर्ष स्थानमा कायमै रहेको हो ।
टोटनह्यामले ११ औं मिनेटमा नै इरिक्सनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिमसम्म घरेलु टोलीमाथि दबाव कायमै राखेको थियो । तर, अन्त्यमा गोल खानपुग्यो । पहिलो हाफको निर्धारित समयको अन्तिम मिनेटमा चेल्सीका पेड्रोले बराबरी गोल गरे । दोस्रो हाफको सुरुमा नै चेल्सीले अग्रता लियो । ५१ औं मिनेटमा भिक्टर मोसेसले गोल गर्दै घरेलु टोलीलाई २–१ अग्रता दिलाए ।
टोटनह्यामले पछिल्ला ३० खेलमा चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा जित्न सकेको छैन् । गएरातिको खेलसँगै शीर्ष स्थानको चेल्सीको १३ खेलबाट ३१ अंक भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२