चेल्सी शीर्ष स्थानमा उक्लियो

भक्तपुर न्यूज

१२ मंसिर २०७३ ७:२८

चेल्सी शीर्ष स्थानमा उक्लियो

एजेन्सी, १२ मंसिर । इंग्लिस प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा कायम रहन सफल भएको छ । गएराति चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा टोटनह्यामलाई २–१ ले हराउँदै शीर्ष स्थानमा कायमै रहेको हो ।
टोटनह्यामले ११ औं मिनेटमा नै इरिक्सनको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफको अन्तिमसम्म घरेलु टोलीमाथि दबाव कायमै राखेको थियो । तर, अन्त्यमा गोल खानपुग्यो । पहिलो हाफको निर्धारित समयको अन्तिम मिनेटमा चेल्सीका पेड्रोले बराबरी गोल गरे । दोस्रो हाफको सुरुमा नै चेल्सीले अग्रता लियो । ५१ औं मिनेटमा भिक्टर मोसेसले गोल गर्दै घरेलु टोलीलाई २–१ अग्रता दिलाए ।
टोटनह्यामले पछिल्ला ३० खेलमा चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा जित्न सकेको छैन् । गएरातिको खेलसँगै शीर्ष स्थानको चेल्सीको १३ खेलबाट ३१ अंक भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *