डिजिटल डिभाइड

भक्तपुर न्यूज

६ मंसिर २०७३ ९:४५

डिजिटल डिभाइड

सूर्य बहादुर बस्नेत ।

यो संसार पनि विचित्रको छ , सबैभन्दा कमजोर मानिस छ, न मानिस चरा जस्तो आकासमा उड्न सक्छ न माछा जस्तो पानीमा पौडिन सक्छ, न बाघको जस्तो उसको दाह्रा बड्गारा छन् तर पनि मानिस समयानुकुल चल्न सक्ने विवेकशील सचेतन प्राणी छ । यही सचेतनाका आधारमा मानिसहरुले विभिन्न खालका आविस्कारहरु गरेका छन् । यीनै आविस्कारहरुकै कारणले गर्दा मानिस विभिन्न कालखण्डमा पनि आफ्नो अस्तित्व जोगाउँदै आइरहेको छ । समयानुकूल बाँच्न नसकेर डाइनासर जस्ता जीवहरु यस संसारबाट विलय भएर गएका छन् तर मानिसले घर बनाएर बस्न सिक्यो, चिसो र तातोमा कसरी बाँच्ने, अभावमा कसरी बाँच्ने, मरुभूमिदेखि –४० डिग्री तापक्रम हुँदासम्म कसरी बच्ने र बाँच्ने लगाएतका थुप्रै कुराहरुको विकास गरे । धेरै विकासहरुमध्ये आगो सवैभन्दा ठूलो विकास मानिन्छ भने अर्को पाङ्ग्रा र पछिल्लो चरणमा आएर भएको आविस्कार इन्टरनेट छन् । आगोबाट पकाएर खान सिक्यौं, पाङ्ग्राबाट एकठाउँबाट अर्को ठाउँमा सजिलै पुग्न सक्यौ । यसरी थुप्रै आविस्कारहरुमध्ये ठूला दुई आविस्कारहरु हामी राम्रोसँग प्रयोग गछौ र अभ्यस्त छौ ।
एक ठाँबाट अर्को ठाँउमा डाटाहरु सजिलै पु¥याउन सक्ने माध्यम हो इन्टरनेट । कम्प्यूटरको काम गर्ने तरिका पनि गजबको छ, केहि कुरा लेख्छौ जस्तै ब्,द्य,ऋ,म् सबैलाई ण् र ज्ञ मा परिवर्तन गरिदिन्छ, कुरा गछौं ण् र ज्ञ मा फोटो ण् र ज्ञ मा, भिडियोकल, च्याटिङ्गि, डकुमेन्ट अहिले आएर पढ्न पढाउन, पत्रपत्रिका पढ्न इ गभर्नेन्स इन्टरनेटको माध्यमबाट ब्याङ्कको काम जे जे गछौ सबै ण् र ज्ञ मा त्यो पनि इन्टरनेटको माध्यमबाट संसारमा धेरै सर्च इन्जिनहरु छन् ति मध्ये उत्कृष्ट गुगल छ, त्यसमा खोजेर नपाइने केहि छैन आज । गुगलको मुख्य अफिस अमेरिकामा छ अनि अहिलेसम्मकै ठूलो डाटा सेन्टर भारतमा राख्दैछ, माइक्रोसफ्टको अफिस अमेरिकामा छ, आफ्ना शाखाहरु विभिन्न देशहरुमा खोलेको छ । बैंक बेलायत, अमेरिकामा हुन्छन्, तिनीहरुको काम गर्ने कर्मचारी भारतमा । अहिले पछिल्लो समयमा आएर अमेरिका लगाएत विभिन्न देशहरुका सफ्टवेरको काम नेपालमा हुन्छ । नेपालमा बसेर अमेरिका लगायत संसारका जुनसुकै मुलुकमा पनि काम गर्न मिल्छ । नेपाल यसका लागि सबैभन्दा राम्रो देश मानिन्छ । काम गर्दा यता उता कुरा गर्नुपर्ने, डकुमेन्ट पठाउनुपर्ने, अफिसियल धेरै काम आज ण् र ज्ञ मा इन्टरनेटको माध्यमबाट गर्न मिल्छ । हो ण् र ज्ञ मा सम्पूर्ण कुराहरु परिवर्तन भई कम्प्युटरबाट काम हुनुलाई हामी डिजिटल भन्छौ ।
इन्टरनेटको काम इलेक्ट्रोनिक डिभाइसबाट उत्पादन हुने डिजिटल डाटा बोकेर एक ठाँउबाट अर्को ठाँउमा पु¥याउनु हो । आगोको विकास हुनु भन्दा पहिला पनि मानिसहरुले खानेकुरा खान्थे, बाँचेकै थिए, सोच्नुस् त्यो मानव कालखण्डकति कष्टकर थियो होला, ति अविकसित थियो होला । पाङ्ग्राको विकास हुनु भन्दा पहिला अथवा अहिले पनि पाङ्ग्रा गुड्न नसक्ने ठाँउमा एक ठाँउबाट अर्को ठाँउमा जान कति गाह्रो होला । सोच्नुस् दैलेखबाट हिँडेर काठमाडौ आउन एक महिना लाग्छ, मान्छे हिडेर आउँथे तर के काठमाण्डौबाट अमेरिका हिडेर पुग्न सम्भव छ, चाहे त्यो गुड्ने होस् या उड्ने पाङ्ग्राको महत्व संसारभरि पुग्नका लागि छ ।

यस्तै आविस्कार मध्येको ठूलो आविस्कार हो इन्टरनेट जसको प्रयोगले आज हामी संसारभरका काम एकै ठाँउमा बसेर गर्न सक्छौ, पढ्न पढाउन सक्छौं, समाचार थाहा पाउन सक्छौं, संसारभरि कुरा गर्न सक्छौं, युट्युवमा संसारभरिका प्रध्यापकहरुले पढाएका भिडियो हेर्न सक्छौं, जतिवेला जुन विषयमा ज्ञान चाहियो त्यतिबेला हामी इन्टरनेटबाट चाहिए जति ज्ञान प्राप्त गर्न सक्छौं । इन्टरनेटको राम्रो सदुपयोग गर्ने हो भने अथाह ज्ञान हामी प्राप्त गर्नसक्छौं । कसैले पौडी कसरी खेल्ने, गितार कसरी बजाउने भनेर ठूलै मोटै किताब पढ्यो सबै बुझ्यो, परीक्षा दियो भने सयमा सय ल्याउँछ तर पानीमा गएर कहिले पानी खादैँ, कहिले डुब्दैँ उत्रिदैँ गरेर सिकेन भने त्यो किताबी ज्ञानको काम छैन । कसैले मोवाइल, कम्प्यूटर, टि.भी., ट्याबलेट, इन्टरनेट जस्ता डिजिटल डिभाइसको बारेमा पढेर ज्ञान प्राप्त ग¥यो तर चलाउन पाएन, सीप सिक्न पाएन भने त्यो ज्ञान काम लाग्दैन । त्यसैले यी कुराहरु चलाउन पाएन, सिक्न पाएन, आफ्नो सीपको विकास गर्न पाएन भने उसले राम्रो काम गर्न सक्ने छैन, उसले राम्रो पढ्न सक्ने छैन, उसले राम्रो जागिर पाउने छैन र यी सवै कुराहरुको प्रयोग गर्न पाउने बच्चा र प्रयोग गर्न नपाउने बच्चामा भिन्नता हुनेछ । प्रयोग गर्न पाउनेहरुको ज्ञान झन् झन् वृद्धि हुँदै जान्छ भने प्रयोग गर्न न पाउने धेरै पछाडि छुट्ने छन् । एउटा डकुमेन्ट टाइप गरेर प्रिन्ट गर्न जानियन, इन्टरनेटमा गुगल सर्च गर्न जानियन भने अबको जमानामा राम्रो काम पाइने छैन ।

संसारको कुल जनसंख्याको आधा जनसंख्या अहिलेपनि इन्टरनेट, डिजिटल डिभाइसको पहुँचबाट बञ्चित रहेको छ । आज उनीहरुको गरीवि, पहुँच नपुगेको कारणले प्रतिशतबाट पछाडि परेका छन् । तिनका बाल बच्चाहस् भविष्यमा गएर राम्रो काम पाउनबाट बञ्चित हुनुपरेको छ । नेपालका थुप्रै स्कूल, कलेज, समाज, गाउँका मानिसहरु अहिलेपनि यिनी कुराहरुबाट बञ्चित छन् । जो धनी छन् उनीहरुले यिनी कुराहरुको पँहुच र प्रयोग सजिलै पाए तर जो गरिब छन् उनीहरुका लागि यी सबै कुराहरु असम्भव भएका छन् । नेपालमा अहिले सम्म ३५ प्रतिशत भन्दा माथि मानिसहरुको विचमा इन्टरनेटको पँहुच पुग्न सकेको छैन । हामी कस्तो समाज निमार्ण गर्न खोज्दैछौ जहाँ अहिले पनि ६५ प्रतिशत भन्दा बढी मानिसहरुको विचमा एक्सेस नभएकै कारणले गरिवितिर धकेलिनु परेको छ ।

इन्टरनेटको ७५ प्रतिशत भन्दा बढी प्रयोग संसारका धनी २५ वटा देशहरुले मात्र गरिरहेका छन् भने बाँकी १७८ वटा देशहरुले इन्टरनेटको २५ प्रतिशत मात्र प्रयोग गर्न पाएका छन् । धनी झन् झन् धनी बन्दै जाने गरीव झन् झन् गरीव बन्दै जाने गरी जुन यो समाज दुई दिशातिर धु्रवीकरण हुँदै गइरहेको छ यसको न्यूनीकरण गर्नतिर समयमै लागेनौ भने भविष्यमा यसले निम्त्याउने खतरा झन् झन् विकराल र खतरनाक हुनेछ । आतकंकारीहरु जन्माउने मूल जडनै यही कारण हुनेछ । नेपालमा दिगो शान्तीका लागि काम गर्ने हो भने ढिला नगरी इन्टरनेटको पहँुच सवै वर्ग, समाज, विद्यार्थीहरुकावीचमा पु¥याउन, शिक्षामा समानता ल्याउने गरी काम गरौं । कुनै पनि बालबच्चाहरुले विचमै पढाई छोड्न नपर्ने गरी काम गरौं, शिक्षा र डिजिटल डिभाइसको धुव्रीकरणलाई घटाई समानता कायम गर्न लागौं । सवैले एक्सेस पाउनु, प्रयोग गर्न पाउनु जरुरी छ दिगो विकास र शान्तिका लागि ।

लेखक नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय परिषद् सदस्य हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *