काठमाडौं । हरेक व्यक्तिको जिन्दगीमा वृद्धावस्था आउने निश्चित छ । यद्यपि, यो अवस्थामा पुग्न अथवा पुगेर बाँच्न कोहि पनि चाहँदैन ।
किनभने, मानिसलाई वृद्धावस्थामा विभिन्न किसिमका समस्या आउँछ भन्ने लाग्छ । यहि कुरा सोच्दा–सोच्दै उनीहरुलाई समयभन्दा पहिला नै विभिन्न रोगले सताउन थाल्छ ।
यदि तपाईं पनि वृद्धावस्थाबाट डराउनु हुन्छ भने तपाईं पनि आफ्नो स्वास्थ खराब गर्दै हुनु हुन्छ । वृद्धावस्थाको सोचले मानिसको स्वास्थमा नराम्रो असर पारिरहेको छ भन्ने कुरा एउटा अध्ययनबाट थाहा भएको छ ।
अमेरिकाको अरेगन स्टेट यूनिभर्सिटीमा गरिएको अध्ययन अनुसार जो मानिस वृद्धावस्थाको बारेमा सकारात्मक सोच्छन्, उनीहरुको स्वास्थ्य ठीक छ । तर, जुन मानिस वृद्धावस्थाको बारेमा नकारात्मक सोच्छन् उनीहरुमा तनावको स्तर बढी भएको भेटिएको छ ।
हाम्रो सोचाईले हाम्रो स्वास्थ्यमा धेरै असर पुग्छ भन्ने सर्वेक्षणको मान्यता रहेको छ । दिनहुँ र लामो समयदेखि तनावको सामना गरिरेहका मानिसमा यसको सिधा असर स्वास्थ्यमा पर्छ भन्ने पनि अध्ययनबाट थाहा भएको छ । तनावका कारण हाई ब्लड प्रेशर, मुटु सम्बन्धि समस्या हुन सक्छ ।
उक्त अध्ययनमा ५२ देखि ८८ वर्ष उमेरका १०५ वृद्ध मानिस पनि समावेश गरिएको थियो । अध्ययनमा जो व्यक्तिमा वृद्धावस्थाको बारेमा धेरै नकारात्मक सोच थियो, उनीहरुमा स्वास्थ्य सम्बन्धि विभिन्न समस्या रहेको थियो ।
वृद्धावस्थामा मानिस शारीरिक रुपले कमजोर र अन्य व्यक्तिमा आश्रित हुन्छन् । एउटा अध्ययन अनुसार वृद्धावस्थामा क्यान्सर, अल्जाइमर र हड्डिका विभिन्न रोगको शिकार भएर संसार भरीमा दिनहुँ करीब एक लाख वृद्धाको मृत्यु हुन्छ ।
तर यदि हामीले आफ्नो तन्दुरुस्ती प्रक्रियालाई राम्रोसंग हेरविचार गऱ्यौं भने वृद्धावस्था हाम्रो जिन्दगीको एउटा रमाइलो अवस्था पनि बन्न सक्छ ।
प्रकाशित मितिः २०७८ माघ ०९ आइतबार
Comments