काठमाडौं । काठमाडौंस्थित स्वप्न बगैँचा (ड्रिम गार्डेन) परिसरको भवनमा केशर क्याफे सञ्चालन गरिरहेको द द्वारिकाज हिमालयन सांग्रिला भिलेज रिसोर्ट प्रालिले भाडा नतिरेको भन्दै स्वप्न बगैँचा विकास समितिले पाँचदिने सूचना प्रकाशित गरेको छ । पटकपटक भाडा तिर्न पत्राचार गरे पनि भाडा नतिरेको भन्दै विकास समितिले अन्तिमपटकका लागि सूचना प्रकाशित गरेको हो ।
समितिका अनुसार ९५ लाख ५९ हजार रुपैयाँ भाडा तिरेको छैन । समिति सो रिसोर्टबीच २०७२ माघ १० मा केशर क्याफे सञ्चालनका लागि सम्झौता भएको थियो । सो सम्झौताअनुसार तिर्नुपर्ने भाडा सो रिसोर्टले तिरेको छैन । २०७९ असोजदेखि २०८० फागुनसम्म भाडाका लागि समितिले चारपटक पत्राचार गरेको थियो । तर, सो पत्राचारअनुसार भाडा नतिरेपछि समितिले अन्तिमपटकका लागि भन्दै सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
प्रकाशित मितिः २०८१ बैशाख १२ बुधबार
Comments