काठमाडौं । काठमाडौंको गोङ्गबुको होटलमा एक युवतीको शव फेला परेको छ । मोरङको लेटाङ २ घर भई हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको प्रहरीले जनाएको छ ।
मृतक कल्पनाका श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा छन् । तर, उनी काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ३२ वर्षीय अनित कार्कीसँग होटलमा बसेकी थिइन् । प्रहरीसमक्ष अनितले दिएको बयानअनुसार, लामो समयसम्म ढोका नखोलेपछि होटलका अन्य व्यक्तिलाई बोलाइएको थियो । ढोका फुटाएर हेर्दा झुन्डिएको अवस्थामा फेला परेको थियो ।
मृतक कल्पनाको परिवारले अहिले अनितविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा किटानी जाहेरी दिएका छन् । अनितलाई पक्राउ गरिएको छ । कल्पनाको दायाँ आँखा सुन्निएको जस्तो देखिएको छ ।
शरीरका अन्य भागमा पनि झगडा भएजस्तो देखिने चोट रहेको प्रहरी स्रोतले बताएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरू भने कल्पना र अनितबीच प्रेम सबन्ध रहेको खुलेको बताउँछन् । होटलमा सँगै बस्दा झगडा परेको हुनसक्ने बताइएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार
Comments