काठमाडौं । माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित पाँच जनाविरूद्ध हत्याको अभियोगमा मुद्दा नचल्ने भएको छ । पर्याप्त प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, सुर्खेतले उनीसहित ५ जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो ।
सिंहसहित बालकृष्ण सिंह, टंकबहादुर सिंह, वीरबहादुर मल्ल, अली कार्कीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको सहायक जिल्ला न्यायाधिवक्ता प्रेम भण्डारीले जानकारी दिए । कालिकोटमा २६ फागुन २०६५ मा राजबहादुर मल्ल खुकुरी प्रहार गरी हत्या भएको थियो ।
उनीहरुविरुद्ध राजबहादुरका बुबाले २०७९ साउन ३ गते पुरक किटानी जाहेरी दिएका थिए । यो प्रकरणमा १५ वर्षपछि अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको थियो ।
प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार
Comments