काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक शुरू भएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक शुरू भएको जानकारी दिए ।
यही वैशाख २८ गतेदेखि शुरू हुने सङ्घीय संसद्को अधिवेशन, पार्टीको तयारी र समसामयिक विषयमा छलफल गर्न बैठक बसेको खतिवडाले जानकारी दिए ।
उनले भने, ‘अहिले हाम्रो पार्टी संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा बजेट अधिवेशन, नीति तथा कार्यक्रमसँग जोडिएका विषय, प्रारम्भिक तयारी तथा समसामयिक विषयमा छलफल भइरहेको छ ।’
प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार
Comments