काठमाडौं । अमेरिकाले विकास गरेको कोरोना भाइरसविरुद्धको जोन्सोन एन्ड जोन्सोन खोपले आपतकालीन प्रयोगको अनुमति पाएको छ । उक्त खापलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आपत्कालीन प्रयोगको अुनमति दिएको हो ।
संगठनले अनुमतिसँगै यो खोपलाई कोभ्याक्स कार्यक्रममा पनि लिने भएको छ । युरोपियन मेडिसिन एजेन्सी (ईएमए)ले शुक्रबार जोन्सोन एन्ड जोन्सोनलाई विश्वभर मान्यता दिने निर्णय गरेको थियो ।
एक डोज मात्राको खोपलाई संगठनले पहिलोपटक प्रयोग अनुमति दिएको छ । जोन्सोन एन्ड जोन्सोनको खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा भन्डारण गर्न सकिन्छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १ आईतबार
Comments