काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ। आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुँदै छ। हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि सुरु हुने छ। जारी आईपीएलमा हैदरावादले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ।
१० अङ्कसहित सनराइजर्स पाँचौँ स्थानमा रहेको छ। त्यसै गरी राजस्थान भने ९ खेलमा ८ खेल जितेर अङ्क तालिकामा १६ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
Comments