काठमाडौं । भारतमा कथित मदिरा नीति घोटालामा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई थप चार दिन ईडी (प्रवर्तन निदेशालय)को हिरासतमा राख्न अनुमति दिइएको छ । यससँगै उनी अब अप्रिल १ सम्म हिरासतमा रहनेछन्।
यसअघि ईडीले केजरीवाललाई थप सात दिन हिरासतमा राख्न पाउनुपर्ने माग गर्दै अदालतमा पेस गरेको थियो । ईडीले केजरीवाललाई सोधपुछपछि गत बिहीबार उनको निवासबाट पक्राउ गरेको थियो। त्यसपछि उनलाई गत शुक्रबार अदालतमा पेस गरिएको थियो ।
अदालतले उनलाई मार्च २८ सम्म ईडीको हिरासतमा पठाएको थियो। बिहीबार केजरीवाललाई थप चार दिन हिरासतमा राख्न राउज एभिन्यू अदालतले अनुमति दिएको हो । अदालतले दुवै पक्षको बहस सुनेपछि यस्तो निर्णय गरेको हो ।
बहसका क्रममा केजरीवालले इडीको मागको विरोध गरेनन् र आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको बताए ।
प्रकाशित मितिः २०८० चैत्र १५ बिहिबार
Comments