काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पुर्याइदिन्छु भन्दै दुबई पुर्याएर बेचेको आरोपमा एक जना पक्राउ परेका छन्। बारा सिम्रौनगढ नगरपालिका-३ घर भई काठमाडौं नागार्जुन नगरपालिका-१ का फिरोज खान भन्ने २६ वर्षीय फरमान हवारी पक्राउ परेका हुन्।
उनलाई मानवबेचबिखन अनुसन्धान व्युरोको टोली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको समन्वयनमा बुधबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो। मानव बेचबिखन अनुसन्धान व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्रप्रसाद फुयालका अनुसार हवारीले टिकटक माध्यमबाट चिनजान भएका मानिसलाई क्यानडा पठाइदिने प्रलोभनमा पार्ने गरेका रहेछन्।
उक्त पीडितलाई पनि क्यानडा पुर्याइदिन्छु भन्दै दुबईमा बन्धक बनाएर राखेका थिए। पीडितले आफूलाई बन्धक बनाएर राखेको कुरा आफन्तलाई दिएपछि उनीहरूले नेपाल फर्काउन सफल भएको प्रहरीलाई बताएका छन्।
प्रकाशित मितिः २०८१ बैशाख १४ शुक्रबार
Comments