काठमाडौं । अमेरिकी सहर बाल्टिमोरको पुल भत्किदा ६ जना बेपत्ता भएको अनुमान गरिएको छ । डुङ्गा र हेलिकोप्टर मार्फत हराइरहेकाहरुको खोजी भइरहेको छ ।
खोजीका क्रममा २ जनालाई जिवितै पानीबाट उद्दार गरिएको छ । उद्दार गरिएका एक जनाको अवस्था भने गम्भिर छ । ऐतिहासिक फ्रान्सिस स्कट की ब्रिजमा कन्टेनर जहाज ठोक्किएपछि पुल भत्किएको थियो ।
सुरक्षाकर्मी र उद्दारकर्मीले भत्किएको पुलको पुननिर्माणको काम सुरु गरेका छन् । कन्टेनर जहाज पुलमा ठोक्किएका बेला धेरै सवारी साधनहरू पुल पार गर्दै गरेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । ४७ वर्ष अघि निर्माण भएको सो पुल साढे २ किलोमिटर लामो छ ।
पुल भत्किएपछि आसपासमा विद्युती आपूर्तिसमेत अवरुद्ध भएको छ । दुर्घटनापछि सो स्थानमा स्थानीय प्रशासनले संकटकाल जारी गरेको छ ।
प्रकाशित मितिः २०८० चैत्र १४ बुधबार
Comments