काठमाडौं । मलेसियाले भारत र चीनका नागरिकलाई विना भिसा प्रवेश दिने भएको छ । दुवै देशका नागरिक ३० दिनसम्म विना भिसा मलेसियामा बस्न पाउने भएका हुन् । यो नियम १ डिसेम्बरबाट लागू हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार मलेसियाका प्रधानमन्त्री इब्राहिममले आइतबार राति पीपुल्स जस्टिस पार्टीको कार्यक्रममा बोल्दै यसको घोषणा गरेका हुन् । यो नियम कहिलेसम्म लागू हुने भन्नेबारे भने उनले केही बताएनन् ।
सरकारी तथ्यांकअनुसार मलेसियामा यसवर्ष जनवरीदेखि जुनसम्म ९० लाख १६ हजार पर्यटक आएका थिए । जसमा चीनका चार लाख र भारतका दुई लाख ८४ हजार पर्यटक छन् । पर्यटक बढाउन यस्तो घोषणा गरिएको बताइएको छ । यसैवर्ष पर्यटक बढाउन थाइल्याण्डले पनि भारत र चीनका नागरिकलाई फ्री भिसा इन्ट्री दिने निर्णय गरेको थियो ।
प्रकाशित मितिः २०८० मंसिर ११ सोमबार
Comments