काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न चार बजे प्रधानमन्त्रीले मन्त्रिपरिषद्को नियमित बैठक बोलाइएका हुन् ।
बैठकमा सरकारका नियमित कामकारबाहीबारे छलफल हुनेछ । आजको बैठकले बजेट अधिवेशन बोलाउने निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गर्ने सम्भावना रहेको छ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने भएकाले सरकार बजेट अधिवेशनको तयारीमा लागेको हो ।
सरकारले बैशाख अन्तिम साता बैठक बोलाएने जानकारी दिएपछि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पनि तयारी थालेका छन् । उनले संसदीय समितिका सभापति र सदस्यहरूसँग छलफल गरेका छन् । संसदीय क्यालेन्डर परिवर्तन गर्ने विषयमा छलफल चलिरहेको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
Comments