काठमाडौं । रुसमा गत २४ घण्टाको अवधिमा कोरोना महामारी सुरु भएयताकै बढी संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा रुसमा १ लाख ५५ हजारभन्दा बढी व्यक्तिमा कोरोना पुष्टि भएको हो ।
यो संख्या कोरोना महामारी सुरु भएयताकै बढी हो । यो अवधिमा रुसमा ६६५ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म रुसमा कोरोनाबाट ३ लाख ३३ हजार व्यक्तिको मृत्यु भएको छ । रुसमा सबैभन्दा बढी राजधानी मस्को प्रभावित भएको छ ।
अहिले देखिएका सङ्क्रमितमा पनि पछिल्लो समयमा सबैभन्दा बढी मस्कोमा नै भेटिएका छन् । यहाँ ओमिक्रोन भेरियन्ट पहिलेका वेभहरूको तुलनामा बढी नै फैलिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । एजेन्सी
प्रकाशित मितिः २०७८ माघ २१ शुक्रबार
Comments