काठमाडौं । इन्डोनेशियाको एक रात्रि क्लबमा युवाका दुई समूहबीचको विवादले उग्र रुप लिएपछि आगो लगाइँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । वेस्ट पपुवामा रहेको क्लबमा युवाहरुको समूहबीच झडप भएको हो ।
त्यसपछि क्लबमा आगो लगाइएको र घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार भएको भिडन्तको सुरुमा एक युवालाई चक्कु प्रहार गरी मारिएको थियो ।
त्यसपछि आगलागी गरिएको र क्लबमा फसकेका अरु १८ जनाको ज्यान गएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। एजेन्सी
प्रकाशित मितिः २०७८ माघ ११ मंगलबार
Comments