काठमाडौं । नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि प्रस्ताव गरेका छन् । सभापति देउवालाई भेट्नका लागि आज देउवा निवास पुगेका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले सभापति देउवासँग सँगै मिलेर जान प्रस्ताव गरेका हुन् ।
भेटबारे सभापदि देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल भएको छ । उहाँहरुले सबै मिलेर जाऊँ भन्नुभएको छ । सभापतिले पार्टीमा छलफल गर्छु भने ।’
कांग्रेसले प्रचण्ड नेपालको प्रस्तावका बारेमा छलफल गर्न भोलि पदाधिकारी बैठक बोलाइएको छ । स्वकीय सचिव देउवाले भोलि पदाधिकारी बैठक बोलाउने तयारी भएपनि समय भने निश्चित भइनसकेको बताए । पदाधिकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्नेछ ।
प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार
Comments