काठमाडौं । दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँगको भेटपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।
संसद पुनःस्थापना भएपछिको राजनीतिक परिस्थितिको बारेमा छलफल गर्न देउवाले पार्टीको पदाधिकारी बैठक डाँकेका हुन् । बैठक बिहीबार अपरान्ह ३ का लागि बोलाइएको छ ।
प्रकाशित मितिः २०७७ फागुन १२ बुधबार
Comments