काठमाडौं । टी–२० क्रिकेट सिरिजको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले दोस्रोे विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि कुशल भूर्तेलले दोस्रोे विकेट लिएका हुन्।
उनले वेस्ट इन्डिज ‘ए’ का जनसन चार्ल्सलाई ५८ रनमा आउट गरेका हुन्। यसअघि प्रतिश जिसीले नेपालका लागि पहिलो विकेट लिए। १० ओभरमा २ विकेटको क्षतिमा वेस्ट इन्डिजले १०१ रन बनाएको छ। टस जितेर वेस्ट इन्डिज ‘ए’ले ब्याटिङ रोजेको हो।
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
Comments