काठमाडौं । हुक्का पार्लरबाट पक्राउ परेका भारतीय कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’का विजेता मुनव्वर फारुकी छुटेका छन् । मुम्बईको हुक्का पार्लरमा छापा मारेर फारुकीसहित १३ जनालाई प्रकाउ गरेको थियो ।
प्रहरीले नोटिस दिएर फारुकीलाई बुधबार हिसासतबाट छोडेको आजतकले जनाएको छ । उनीहरुविरुद्ध मुद्धा भने दर्ता भैसकेको छ । फोर्ट क्षेत्रको होटल हुक्का पार्लरमा भएको छापा मारमा संलग्न एक अधिकारीले उक्त हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्रहरीलाई प्राप्त भएको बताएका थिए ।
त्यसपछि प्रहरीले छापा मारेर १३ जनालाई नियन्त्रणमा लिएको थियो । ती व्यक्तिहरूमा मुनवर फारुकी पनि एक हुन् । अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४ सय नगद भारु र १३ हजार ५ सय बराबरको ९ थान हुक्का बरामद गरेको छ। चुरोट र अन्य तंबाकू उत्पादन ऐनको धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।
प्रकाशित मितिः २०८० चैत्र १४ बुधबार
Comments