काठमाडौं । भारतीय कमेडियन तथा टेलिभिजन शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकी पक्राउ परेका छन्। भारतको मुम्बईको अवैध रुपमा चलाइरहेको हुक्का पार्लरमा छापा मार्दा फारुकीसहित १३ जनालाई पक्राउ गरेको हो। यी सबैविरुद्ध चुरोट र अन्य तंबाकू उत्पादन ऐनको धारा अन्तर्गत मुद्धा समेत दर्ता भएको छ।
फोर्ट क्षेत्रको होटल हुक्का पार्लरमा भएको छापामा संलग्न एक अधिकारीले उक्त हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्रहरीलाई प्राप्त भएको बताए । त्यसपछि प्रहरीले छापा मारेर यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४ सय नगद भारु र १३ हजार ५ सय बराबरको ९ थान हुक्का बरामद गरेको छ।
मुनव्वरको नाम कुनै विवादमा जोडिएको यो पहिलो पटक भने होइन। सन् २०२१ मा मुनव्वरमाथि धार्मिक भावना भड्काएको आरोप लागेको थियो। उनले आफ्नो एक स्ट्यान्ड अप कमेडीमा हिन्दु देवता र देवीहरूको बारेमा विवादास्पद टिप्पणी गरेका थिए। यसै मुद्धममा उनी पक्राउ परेर ३७ दिन जेलमा बसेका थिए।
प्रकाशित मितिः २०८० चैत्र १४ बुधबार
Comments