काठमाडौं । अफगानिस्तानका ब्याट्सम्यान नजीव तराकाइको सडक दुर्घटनामा परी निधन भएको छ। २९ वर्षीय नजीवलाई गत साता बाटो काट्ने क्रममा कारले ठक्कर दिएको थियो।
पूर्वी नान्गाहर प्रान्तमा भएको दुर्घटनामा गम्भीर घाइते भएका नजीवको मंगलबार उपचारको क्रममा निधन भएको अफगानिस्तान क्रिकेट बोर्डले जनाएको छ।
‘आक्रामक ओपनिङ ब्याट्सम्यान तथा मिलनसार नजीव तराइकाको निधनबाट अपूरणीय क्षति भएकोमा अफगानिस्तान क्रिकेक बोर्ड स्तब्ध भएको छ,’ अफगानिस्तान क्रिकेट बोर्डले सामाजिक सञ्जालमार्फत श्रद्धान्जली अर्पण गरेको छ।
नजीवको निधनको खरबपछि नेपाली क्रिकेट टिमका अलराउन्डर पारस खड्काले पनि श्रद्धान्जली व्यक्त गरेका छन्।
प्रकाशित मितिः २०७७ असोज २० मंगलबार
Comments