काठमाडौं । काठमाडौँको अनामनगरस्थित लिबर्टी कलेजबाट शैक्षिक भ्रमणमा आएका विद्यार्थी सवार बस मंगलवार (आज) मुस्ताङको कागबेनीमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मुक्तिनाथ दर्शन गरी जोमसोमतर्फ फर्कँदै गरेको ३–०१–००६ ख ६२२ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित सेल्फिडाँडामा दुर्घटना भएको हो।
बसको ब्रेक फेल भई सडकमा पल्टिएको मुस्ताङका प्रहरी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए।
प्रकाशित मितिः २०८१ बैशाख १८ मंगलबार
Comments