काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले ब्रेसियालाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा मिलानलाई जित दिलाउन हाकन कल्हानोग्लुले निर्णायक गोल गरे । उनले खेलको १२ औं मिनेटमा गोल गरेका थिए ।यस सिजन मिलानको यो पहिलो जित हो । जितसँगै मिलानले २ खेलमा ३ अंक जोडेको छ । पहिलो खेलमा मिलान पराजित भएको थियो । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ १५ आइतबार
Comments