काठमाडौं । च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको पहिलो लेगको खेलमा लिभरपुल र बार्यन म्युनिखले बराबरी खेलेका छन् ।
मंगलबार राति लिभरपुलको घरेलु मैदानमा भएको खेलमा दुवै टोलीले गोल रहित बराबरी खेलेका हुन् । लिभरपुलका साडियो मानेले झन्डै आधा दर्जन प्रयासलाई सदुपयोग गर्न सकेनन् । बायर्नले पनि पाएको थोरै अवसरमा अपेक्षित आक्रमण गर्न नसक्दा गोलरहित बराबरीमा चित्त बुझाउनुपर्यो ।
दोस्रो लेगको खेल मार्च १३ मा बायर्नको घरेलु मैदानमा हुनेछ ।
प्रकाशित मितिः २०७५ फागुन ८ बुधबार
Comments