९ वैशाख । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल वेष्टब्रोमसँग बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा वेष्टब्रोमले लिभरपुललाई दुई दुई गोलको बराबरीमा रोक्न सफल भएको हो ।
७९ औ मिनेटसम्म २–० ले अघि रहे पनि त्यसपछि दुई गोल खाएपछि लिभरपुल अंक बाँड्न बाध्य भएको हो । लिभरपुलका लागि खेलको चौथो मिनेटमा इग्सले र ७२ औं मिनेटमा सलाहले गोल गरे । वेष्टब्रोमका लागि लिभरमोरले ७९ औं र रोन्डोनले ८८ औं मिनेटमा गोल गरे ।
तेश्रो स्थानमा रहेको लिभरपुलको ३५ खेलबाट ७१ अंक भएको छ । चौथो स्थानको टोटनह्यामको ३४ खेलबाट ६८ अंक छ । रेलिगेशनमा पर्ने सम्भावना उच्च रहेको वेस्टब्रोम लिगमा रहने झिनो आश भने अझै रहेको छ । (एजेन्सी)
बराबरीमा रोक्यो बेस्टब्रोमले लिभरपुललाई
0
Share.
Comments