काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले पुनरागमन जित निकालेको छ । सोमबार राति भएको खेलमा लेष्टरले क्रिस्टल प्यालेसमाथि पुनरागमन गर्दै २-१ को जित निकालेको हो ।
लेष्टरको मैदानमा खेलको १२ औं मिनेटमा विल्फ्रिड जाहाले गोल गर्दै क्रिस्टललाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफमा भने लेष्टरले पुनरागमन गर्यो ।
खेलको ५० औं मिनेटमा टिमोथी कास्टाग्नेले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा केलिची इहानाचोले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए । जितसँगै लेष्टरले ३३ खेलमा ६२ अंक जोडेको छ ।
तेस्रो स्थानमा रहेको लेष्टर च्याम्पियन्स लिग छनोट नजिक समेत पुगेको छ । क्रिस्टल ३८ अंक जोडेर १३ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ बैशाख १४ मंगलबार
Comments