काठमाडौं । ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छ । हस्पिटल क्षेत्रको आगो नियन्त्रणमा आए पनि वनमा लागेको आगो भने नियन्त्रणमा आएको छैन ।
ललितपुरको गोदावरी नगरपालिका- ६ आनन्दवनमा लागेको डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीसहितका सुरक्षाकर्मीहरू खटिएका छन् । आगो निभाउन ललितपुर महानगरपालिकाको वारुणयन्त्र पनि परिचालन गरिएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख १८ मंगलबार
Comments