काठमाडौं । भारतले टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । मंगलबार भारतीय क्रिकेट चयनकर्ताले विश्वकपका लागि टोली घोषणा गरेका हुन् । टोलीमा ऋषभ पन्तले पुनरागमन गरेका छन् ।
साथै, शिवम दुबे र विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनले पनि टोलीमा स्थान पाएका छन् । र, स्पिनर युजवेन्द्र चहल टोलीमा फर्किएका छन् । यसबाहेक युवा ब्याटर शुभमन गिल, रिंकु सिंह, के अहमद, खलील अहमद र आवेश खानलाई रिजर्भमा राखिएको छ ।
टीम इन्डिया-
रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सञ्जु सामसन, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, मोहम्मद सिराज र जसप्रित बुमराह।
प्रकाशित मितिः २०८१ बैशाख १८ मंगलबार
Comments