काठमाडौं । सरकारका लागि राष्ट्र बैंकले सोमबार २२ अर्बको आन्तरिक ऋण उठाउने भएको छ । आन्तरिक ऋणअन्तर्गत एकवर्षभन्दा कम समयका लागि लिने २२ अर्ब १० करोडको ट्रेजरी बिल्स बिक्री गर्न लागिएको हो ।
जसमा २८ दिनका लागि नवीकरणअन्तर्गत पाँच अर्ब, ९१ दिनका लागि पाँच अर्ब नयाँ तथा ६ अर्ब ५० करोड नवीकरणको लागि रहेको छ । १८२ दिनका लागि ६० करोड नवीकरण र पाँच अर्ब ३६४ दिनका लागि नवीकरणअन्तगर्त रहेको छ ।
बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल्सको ब्याजदर निर्धारण हुने गर्छ ।
प्रकाशित मितिः २०७९ चैत्र १३ सोमबार
Comments