काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले पहिलो विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सागर ढकालले पहिलो विकेट लिएका हुन्।
उनले वेस्ट इन्डिज ‘ए’का एलिक एथेनाजे लाई ६ रनमा आउट गरेका हुन्। टस जितेर वेस्ट इन्डिज ‘ए’ले पहिले बलिङ गर्ने निर्णय लिएको हो।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments