काठमाडौं । टी–२० क्रिकेट सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालले एकै ओभरमा दुई विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्रष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सागर ढकालले दुई विकेट लिएका हुन् ।
उनले तेस्रो ओभरको दोस्रो र पाँचौं बलमा विकेट लिएका हुन् । उनले वेस्ट इन्डिज ‘ए’का एलिक एथेनाजेलाई ६ र जोनसन चार्ल्सलाई ११ रनमा आउट गरेका हुन्। टस जितेर वेस्ट इन्डिज ‘ए’ले पहिले बलिङ गर्ने निर्णय लिएको हो।
प्रकाशित मितिः २०८१ बैशाख १६ आइतबार
Comments