गणेश मन्दिर,डोलेश्वर र आशापुरेश्वर मन्दिरलाई धार्मिक सर्किट बनाउँदैछौं : अध्यक्ष बस्नेत

0

भक्तपुर । भक्तपुरका चार वटा नगरपालिकामध्ये सूर्यविनायक नगरपालिका वडा नं ८ भूगोलका दृष्टिले सबैभन्दा ठूलो वडाको रूपमा परिचत रहेको छ । कला, संस्कृति र सम्पदाका हिसाबले धनी वडाको खासै चर्चा परिचर्चा नभएको बेला यस वडाको समग्र विकासलगायत अन्य पक्षमा केन्द्रित रहेर वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेतसँग भक्तपुरन्युजडटकमका प्रतिनिधिले गरेको कुराकानीको सारसंक्षेप :–

सूर्यविनायक नगरपालिकाभित्रको वडा नं ८ को पछिल्लो विकासको अवस्था कस्तो रहेको छ ?

–सूर्यविनायक नगरपालिकाको भूगोल र जनसंख्याको दृष्टिले ठूलो यस वडाको विकासको अवस्था एकदमै राम्रो र सबल रहेको छ । वडामा ठूला योजनाहरुदेखि स–साना योजनाहरुको कार्यान्वयन सफलतापूर्वक कार्यान्वयन भइरहेको छ ।
वडा, नगरपालिका, प्रदेश, संघ, उपत्यका विकास प्राधिकरणलगायत विभिन्न क्षेत्रबाट प्राप्त बजेटलाई वडाको सम्रग विकासमा लगाइरहेका छौं । सम्रगमा ८५ प्रतिशत बजेट खर्च भइसकेको छ भने चालू आर्थिक वर्षमा समेत २५ करोड रकम वडाको विकासमा खर्च भइसकेको छ । रणनीतिक सडकखण्डमा ५ करोडभन्दा माथिको काम भइरहेको छ भने उपत्यका विकास प्राधिकरणबाट ३ करोडको बजेट इटफु सडकमा लगानी भइरहेको र काम अन्तिम चरणमा रहेको छ । जुन वहुवर्षीय आयोजनाअन्तर्गत पर्दछ । घ्याम्पेडाँडा भञ्ज्याङ सडकको विस्तारसमेत भइरहेको छ । समग्रमा भन्नुपर्दा यस वडाअन्तर्गत रहेको धार्मिक सम्पदा होस् वा प्राकृतिकलगायत सक्दो सबै क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ वडाका सम्पूर्ण पदाधिकारीहरु लागिपरेका छन् । अन्य वडाको तुलनामा हामी विकासको सवालमा अगाडि नै छौं जस्तो लाग्छ ।

यस वडामा रहेका सम्पदाहरुको उचित व्यवस्थापन हुन नसक्दा सोचअनुरूप यसको पवर्धन गर्न नसकिएको हो त ?

–हाम्रो वडा विभिन्न खालका सम्पदाले भरिपूर्ण छ भन्दा पनि अत्युक्ति नहोला । धार्मिक सम्पदाअन्तर्गत सूर्यविनायक गणेश मन्दिर , केदारनाथको शिर डोलेश्वर मन्दिर, आशापुरेश्वर मन्दिर, मालीगाउँमा नेपालकै ठूलो बुद्धको मूर्ति स्थापना गर्ने योजना रहेको र वडा लागिपरेको जानकारी गराउन चाहन्छु । गणेश मन्दिरको संरक्षण र प्रवर्धन गर्ने उद्देश्य साथ दीर्घकालीन योजना तयारीको चरणमा छौ भने डोलेश्वर मन्दिरका निर्माण कार्यलाई पूर्णता दिँदै व्यवस्थापनको तयारीमा जुटिरहेका छौं, त्यस्तै सूर्यविनायक गणेश मन्दिर हुँदै डोलेश्वर मन्दिर र डोलेश्वरबाट आशापुरेश्वर महादेवसम्मको सडकलाइ धार्मिक सर्किटका रूपमा उपयोग गरी धार्मिक पर्यटन अभिवृद्धिको योजनालाई कार्यान्वयन गर्न तयारी भइरहेको जानकारी गराउन चाहन्छु । प्राकृतिक सम्पदाका हिसाबले सूर्यविनायक जंगल, जहाँ प्राणी उद्यानसमेत रहेको छ । जुन जंगललाई जैविक विविधताको स्थानका रूपमा समेत व्याख्या गर्ने गरिन्छ । यस वडामा रहेको सामुदायिक वन अर्को सम्पदाको पाटो हो । भक्तपुरमै नगरकोटपछि सम्भाव्यता बोकेको पानीको मुहान पनि यही वडाभित्र पर्दछ। पर्यटकीय सम्भावना बोकेको स्थानहरु थुप्रै रहेका छन् । त्यस्ता स्थलहरूलाई योजनाबद्ध रूपमा अगाडि लाने तयारी भइरहेको छ । कतिपय काम तत्कालै नहुने र यसमा पनि विभिन्न सम्पदाको संरक्षण र प्रवर्धन गर्न झनै जटिल भएकाले समय लाग्ने भएता पनि हामीले हाम्रो वडाका हरेका सम्पदाको पहिचान गरी लाभमा उपयोग गर्ने स्पष्ट पार्न चाहन्छु ।

यस वडामा नगर अस्पताल रहेको छ कसरी व्यवस्थापन भइरहेको छ र सूर्यविनायक नगरका वासिन्दाले कस्तो लाभ लिन पाएका छन् जस्तो लाग्छ ?

–सूर्यविनायक नगर अस्पताल सूर्यविनायकका वासिन्दाका लागि मात्र भएको जस्तो बुझाइ छ, त्यो होइन । यो अस्पतालले सूर्यविनायकका नगरवासीलाई मात्र सेवा दिने होइन, सम्रगमा भक्तपुर जिल्लाका वासिन्दाका साथै आसपासका जिल्लालगायत देशैभरका नेपालीलाई सेवा दिने उद्देश्यका साथ विशेष परिस्थितिमा सञ्चालनमा ल्याइएको हो । कोभिडका समयमा सञ्चालनमा ल्याइएको यो अस्पतालको स्तरोन्नतिको काम जारी छ । हो, यो नगर अस्पताल पनि वडा नं ८ मै रहेको छ । यसको अध्यक्ष नगरपालिकाका प्रमुख रहने जानकारी गराउँदछु । यो नगर अस्पतालमा सूर्यविनायकका नगरवासीका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याएका छौं जसअन्तर्गत नगरपालिकाले पाँच जना परिवारका लागि १ हजार लगानी गरिदिन्छ भने सो परिवारले २५ सय लगानी गरी १ लाखबराबरको स्वास्थ्य बीमा प्राप्त गर्ने भएकाले नगरावासीका लागि उत्तम अस्पतालका रूपमा परिचित बन्दै गएको छ ।
स्वास्थ्य क्षेत्र यसको उसको भन्दा पनि सम्पूर्ण नेपालीको स्वास्थ्य उपचारको स्थान बन्नुपर्छ भन्ने सोचाइका साथ अस्पतालको सम्रग विकासमा नगरपालिका लागिपरेको छ ।

तपाइँको एक वर्ष कार्यकाल बित्दा वडावासीले प्रत्यक्ष लाभ महसुस मिल्ने काम के गर्नु भयो ?

–हाम्रो काम भनेको नै वडावासीको सम्बृद्धिकै लागि हो । वडावासीहरु सचेत, इमान्दार र सहनशील भएकै कारण एक वर्षको कर्म निकै उपलब्धिमूलक रहेको जस्तो लाग्छ । विशेषतः यस वडाको भौतिक विकास मात्र नभएर मानवीय विकासका लागि समेत वडाले सक्दो काम गरिरहेको छ । वडावासीको प्रत्यक्ष जीवन रूपान्तरणमा समेत वडा लागिपरेको छ । जस्तै, कृषि क्षेत्रमा लागेका कृषकहरुलाई मल अनुदान, सीपमूलक तालिम, बोयर जातका बाख्रा वितरण , युवाहरुका लागि ड्राइभिङ तालिमको उपलब्धता, कफी मेकिङ, यस वडाको माटो कुरिलो खेतीका लागि उपयुक्त रहेकाले कुरिलो खेती गर्नेलाई अनुदान, महिला सशक्तीकरणसम्बन्धी विभिन्न खालका तालिमका साथै आर्थिक रूपान्तरणका प्याकेजलगायतका कामबाट वडावासीहरुले प्रत्यक्ष लाभ लिन सफल भए जस्तो लाग्छ । विगतका दिनबाट सिक्दै अझ कसरी अधिकभन्दा अधिक लाभ वडावासीलाई प्रत्यक्ष रूपमा प्रदान गर्न सकिन्छ भन्नेतर्फ वडा लागिपरेको छ । हामी वडावासीकै सेवक भएको र सम्बृद्ध वडा निर्माण गर्दै वडावासीलाई अधिक लाभ प्रदान गर्ने उद्देश्यका साथ लागिपरेको जानकारी गराउन चाहन्छु ।

यो वडामा विगतमा भएका ठूला जग्गा प्लटिङ र अन्य साना जग्गा प्लटिङमा व्यापक घोटाला भयो भन्ने भनाइमा कति सत्यता रहेको छ ?

–हो यस वडामा भक्तपुरकै चर्चाको जग्गा प्लटिङ भएका छन् यसलाई नकार्न मिल्दैन, त्यसो भन्दैमा आर्थिक चलखेल भयो भनिहाल्न मिल्दैन कि जस्तो लाग्छ । जग्गा प्लटिङलाई हेर्दा निजी क्षेत्रको लगानी देखिन्छ जसमा पाँच रोपनीभन्दा माथिको प्लटिङ नगर विकास प्राधिकरणसँग जोडिएको हुन्छ, उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्त भक्तपुरले हेर्छ र ५० रोपनीभन्दा माथिका जग्गा प्लटिङ सीधै काठमाडौंबाट उपत्यका विकास प्राधिकरणले हेर्ने गर्दछ जसअनुरूप हामीले स्वीकृति ल्याएर गरिएको प्लटिङले निमय कानुनअनुरूप काम गरिरहेको छ कि छैन भन्ने जानकारी राख्दछौ, जस्तो पर्ती जग्गाको व्यवस्थापन कसरी गरिँदैछ ? खोलानाला भए त्यसको व्यवस्थापन कसरी गरिँदैछ ? खुल्ला स्थान कति राखिनुपर्ने हो ? त्यो राखिएको छ कि छैन ? जस्ता विषयको नियमन गर्ने काम उपत्यका विकास प्राधिकरणअन्तर्गत पर्दछ ।

भाइरल प्लटिङमा खोलाको अस्तित्वनै समाप्त पार्ने काम भयो भन्ने जनगुनासोलाई तपाइँले कसरी हेर्नु भएको छ ?

–भाइरल प्लानिङ फेज टु मा नंखेलको सिमानामा जोडिएको खोला पुरिएको भन्ने जनगुनासो थियो, हामी जनप्रतिनिधि भएर आएपश्चात् प्लटिङ गरिरहेकाहरुसँग छलफल गर्दा प्राकृतिक दृष्टिकोणबाट गाह्रो देखिएको र जग्गा विकास गर्न गाह्रो भएकाले अस्थायी रूपमा खोलालाई ढल र पाइपको माध्यमबाट व्यवस्थापन गरिएको जनाएलगत्तै प्राधिकरण, प्लटिङवाला र जनप्रतिनिधिबीच भएको छलफलपश्चात् उक्त क्षेत्रलाई पुरानै अवस्थामा छाडिएको छ ।

यसरी जग्गा प्लटिङले उत्पादन योग्य जमीन समाप्त पार्ने कामतर्फ किन सरोकारवालाहरुको ध्यान जान नसकेको होला ?

–अवश्य नै जग्गा प्लटिङले उर्वरयोग्य जमीन समाप्त पार्नेमा कुनै दुइमत छैन । तर हाम्रो वडाको हकमा भने त्यो लागू हुँदैन किन कि यो वडा वस्ती विस्तारको तीव्र चरणमा रहेकाले र यस क्षेत्रका जमीन मालिकहरुले नै स्वयं साना ठूला जग्गा प्लटिङ गर्दै जग्गा बिक्रीवितरण गरिरहेका छन् । स्वयं जग्गाधनीहरुले नै यसो गरेपछि हामीले केही गर्न सक्ने अवस्था पनि रहँदैन् । बरू यस क्षेत्रमा कसरी व्यवस्थित वस्ती विस्तार गर्न सकिन्छ र उचित ल्याण्ड पुलिङ गरी भोली वडाले भोग्नुपर्ने समस्याको निराकरण गर्ने र समस्या आउनुभन्दा पहिलानै समाधान खोज्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने अवस्था आएको छ ।

ठूलो वडाको प्रमुख भएर काम गर्दा कस्ता खालका समस्याहरु आइलाग्छन् ?

–वडा ठूलो हुनुका साथै वडावासीको हृदय पनि ठूलो भएर नै हो खासै त्यस्ता कुनै पनि खालको समस्याहरु हामीले झेल्नु परेको छैन । चुनावको समयम जुन पार्टीको भएता पनि जनप्रतिनिधि भएर वडामा आएसँगै वडाको विकासमा सबै जनप्रनिधिको स्वर एउटै भएकाले हालसम्म त्यस्ता कुनै पनि समस्या झेल्नु परेको छैन र भावी दिनमा समेत त्यस्तो दिन आउला जस्तो लाग्दैन ।

यस वडामा शैक्षिक अवस्था र सामुदायिक विद्यालयको अवस्था कस्तो रहेको छ ?

–सुनपा ८ मा ६ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । ६ सामुदायिक विद्यालयमध्ये दुईवटा माध्यमिक विद्यालय रहेका छन्, गणेश माध्यमिक विद्यालय र शान्ति निकेतन माध्यमिक विद्यालय हुन् । गणेश माध्यमिक विद्यालयको शैक्षिक साथै भौतिक विकाससमेत राम्रो रहेकाले विद्यार्थीको चाप अधिक रहेको छ । त्यस्तै शान्ति निकेतनको भौतिक पूर्वाधारको कुरो गर्दा विगतमै ६ करोडको लागतमा विद्यालय निर्माण भइसकेको छ भने यस विद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा केन्द्रित रहेका छौँ । यसै वर्षबाट वडाकै सहयोगमा स्कुल बस सञ्चालनमा ल्याएका छौँ जसका प्रतिफल विद्यार्थीको संख्या वृद्धि भएको छ । शान्ति स्कुलकै एरियामा गणेश मन्दिरसँग रहेको सन्त स्कुललाई शान्ति स्कुलसँग मर्ज गर्ने तयारी भइरहेको छ, यसो गर्नुको प्रमुख कारण भनेको राज्यको व्ययभार कम गर्नु र विद्यार्थी र शिक्षकमाझ स्रोत साधनको पहुँचमा वद्धि गरी स्तरीय शिक्षा प्रदान गर्नु रहेको छ ।
योसँगै सन्त स्कुल रहेको भवनमा भवनमा प्लस टु कक्षा सञ्चालनको तयारी भइरहेको छ । डोलेश्वरस्थित सामुदायिक विद्यालय मोर्डन एजुकेसन जोडेर वैदिक स्कुल सञ्चालनको तयारी भइरहेको छ । यसो गर्दा धर्म, संस्कृति र शिक्षालाई सँगै जोडेर लान सकिन्छ जस्तो लाग्छ । जुन डोलेश्वरका लागि मात्र नभएर सम्रगमा देशकै लागि लाभकर हुन सक्छ । त्यस्तै पाटी भञ्ज्याङस्थित सरस्वती अधारभूत विद्यालयले स्थानीयहरुका लागि शिक्षामा सहज पहुँच पु-याउँदै आएको छ । यहाँको शैक्षिक अवस्था पनि निकै राम्रो रहेको छ । यस विद्यालयको विशेषतः अन्य विद्यालयको भन्दा भिन्न रहेको छ अन्य विद्यालयमा बाहिरका विद्यार्थीको चाप अधिक रहेको देखिएता पनि यहाँ स्थानीय विद्यार्थीको चाप अधिक रहेको छ । त्यस्तै अर्को विद्यालय भनेको आशापुरी आधारभूत विद्यालय हो, यसको अवस्था पनि सन्तोषजनक नै छ, यसलाई पनि योजनाअनुरूप स्तरोन्नति कसरी गर्न सकिन्छ भन्ने मै हामी लागिपरेका छौँ । हामीले यस वडामा रहेका सामुदायिक विद्यालयको समृद्धिलाई ध्यान दिएर ६ वटै विद्यालयका प्रधानाध्यापकसँग हरेक महिना छलफल गर्ने गरेका छौं । यसले राम्रो र गुणस्तर वद्धिलाई ध्यानमा राखेर हरेक महिना फरक–फरक विद्यालयमा छलफल जारी राखेका छौँ । प्रयास जारी राखौँ सकारात्मक परिणामको प्रतीक्षामा यस वडा रहेको छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション