हुम्लाको बोक्चेगौडामा एक महिलाको शव फेला

0

काठमाडौं । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ बोक्चेगौडामा एक महिलाको शव फेला परेको छ। हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सोमबार दिउँसो बोक्चगौडास्थित कर्णाली नदीको किनारमा महिलाको शव फेला परेको जानकारी दिए।

स्थानीयले उक्त शव खार्पुनाथ–२ थालीकी सुजाता रावलको हुनसक्ने बताएका छन्। उनी असोज १३ गते सिमकोटबाट बेपत्ता भएकी थिइन्। खनालका अनुसार सुजाताका आफन्तले पनि उक्त शव सुजाताकै भएको बताएका छन्। यद्यपि, डिएनए परीक्षण गरेर मात्रै शव कसको हो भन्ने यकिन गर्ने खनालले बताए।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार

Comments

comments

Share.
Loading...

Comments