त्रिभुवन विमानस्थलबाट दुई किलो कोकिनसहित भारतीय महिला पक्राउ

0

काठमाडौं । कतारको दोहाबाट काठमाडौं आएकी भारतीय महिला कोकिनसहित पक्राउ परेकी छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेकी उनको साथबाट दुई केजी कोकिन फेला परेको छ ।

हिमालयन एयरबाट दोहाहुँदै काठमाडौं विमानस्थल उत्रिएकी उनको नाम किम्रो साँगी रहेको प्रहरीले जनाएको छ । ३१ वर्षीया किम्राले कालो सुटकेसभित्र कालो पोलिथिनलेल बेरेर दुई केजी कोकिन ल्याएको प्रहरीको भनाई छ ।

उनलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले विशेष सुराकीको आधारमा भन्सार एरियाबाट नियन्त्रणमा लिएको हो । उनलाई ब्यूरोको कोटेश्वरस्थित हिरासतमा राखेर थप अनुसन्धान गर्न लागिएको छ ।

प्रकाशित मितिः २०८० मंसिर ०४ सोमबार

Comments

comments

Share.
Loading...

Comments