काठमाडौं चैत । हट मोडल तथा गायिका ज्योति मगरको नयाँ भिडियो सार्वजनिक भएको छ। पूर्ण परियार र देवी घर्ति मगरको आवाजमा रहेको ‘ ताला चावी झैँ’ गीतको भिडियो सार्वजनिक गरिएको हो। एकनारायण भण्डारीको लय र शब्द रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा ज्योति मगर र शंकर बि.सी फिचरीङमा रहेका छन्। राजेश घिमिरेले खिचेको भिडियोलाई शंकर बिसीले निर्देशन गरेका छन्। नबिन घर्ति मगरको सम्पादन रहेको भिडियोलाई क्यानडा नेपालले बजारमा ल्याएको छ।
Comments