बालबच्चाहरुलाई प्राकृतिक ढंगले हुर्कन दिने पर्छ

0

काठमाडौं । बालबच्चा जस्तो छन्, त्यही अवस्थामा रमाउन दिनुपर्छ । अर्थात उनीहरुमाथि अति निगरानी र हस्तक्षेप उचित हुँदैन । यदि उनीहरु गलत काम गरिरहेका छन् भने त्यसमा सर्तक गराउनै पर्छ । तर, सामान्य अवस्थामा पनि उनीहरुलाई ‘यो गर’, ‘त्यो नगर’ भन्दै नियन्त्रण गर्दा त्यसले राम्रो नतिजा नदिन सक्छ ।

बालबच्चा चञ्चल हुन्छन् । जिज्ञासु हुन्छन् । जे देख्यो, छुन खोज्छन् । चलाउन खोज्छन् । नयाँ कुराप्रति उनीहरुको चासो हुन्छ । प्रश्न हुन्छ । त्यही चासो वा प्रश्न मेटाउन उनीहरुले केही न केही गरिरहेका हुन्छन् । जस्तो, खेलौना खोतल्छन् । भाँडावर्तन ठट्याउँछन् । सिरानीको कपास निकाल्छन् । भासमा सजाइएको फूल निकाल्छन् ।

घरबाहिर खाल्डोमा पानी जमेको हुन्छ । उनीहरुलाई त्यही आफ्नो खुट्टा डुबाउन मन पर्छ । आकासबाट झमझम पानी परिरहेको हुन्छ । उनीहरुलाई बेपर्वाह पानीमा भिज्न मन लाग्छ । आमाबुवाको सिको गर्दै आफ्नो लुगाफाटो पानीमा भिजाएर धुन मन लाग्छ । भान्साको सब्जी आफुखुसी काट्न मन लाग्छ । पुस्तक, पत्रिकामा चित्र बनाउन मन लाग्छ ।

आमाबुवालाई लाग्छ, आफ्ना छोराछोरी चकचके भए । घर सफा-सुग्घर राख्नै दिएनन् । लुगाफाटो मैला बनाए । जुत्ता पानीमा भिजाए । भाँडावर्तन जुठो बनाए । खेलौना, सजावटका सामाग्री लथालिंग पारिदिए । त्यही कारण धेरैजसो आमाबुवा छोराछोरीमाथि निर्देशन गरिरहेका हुन्छन्, ‘यस्तो नगर, यसरी नगर ।’

कतिसम्म भने बालबच्चाले आफै भात खाँदा जुठो बनाउँछ वा राम्ररी खान सक्दैन भनेर आमाबुवाले ख्वाइदिन्छन् । बालबच्चाले खेलौना खेलिसकेपछि राम्ररी मिलाउँदैन भनेर बुवाआमाले आफै मिलाइदिन्छन् ।

धेरै बुवाआमालाई लाग्छ, आफ्ना बालबच्चा चञ्चल वा चकचके नहोस् । शान्त र ज्ञानी होस् । आज्ञाकारी होस् । अहिले मोवाइल खेलाउन पाएपछि बच्चाहरु एकै ठाउँ घण्टौंसम्म चुपचाप बस्छन् । त्यही कारण पनि कति आमाबुवाले बच्चालाई खेलौनाकै रुपमा मोवाइल खेल्न दिन्छन् । जबकी यसले उनीहरुको शारीरिक र मानसिक विकासमा गंभीर असर पुयाइरहेको घटनाहरु सार्वजनिक भइरहेका छन् ।

अहिलेका बच्चालाई आफ्नै ढंगले हुर्कन दिइदैन । आफ्नो बालबच्चालाई राम्ररी हेरचाह गर्ने चक्करमा बुवाआमाले बढी नै निगरानी गरिरहेका छन् । बढी नै नियन्त्रण गरिरहेका छन् । बच्चाहरुलाई बच्चा जस्तै हुन दिनुपर्छ । तर, बुवाआमाले बच्चालाई ‘भलाद्मी’ बनाउने चक्करमा अनावश्यक रुपमा नियन्त्रण गरिरहेका पाइन्छन् । उनीहरुले खेल्न चाहेका कुरा खेल्न पाइरहेका छैनन् । गर्न खोजेका कुरा गर्न पाइरहेका छैनन् । सोध्न खोजेका कुरा सोध्न पाएका छैनन् ।

पछिल्लो समय स्वभाविक रुपमा छोराछोरीमाथि आमाबुवाको लगाव बढ्दो छ । थोरै सन्तान जन्माउने, मनग्ये सेवा सुविधा दिएर सहज वातावरण दिएर हुर्काउने प्रवृत्ति छ । छोराछोरीलाई कसरी पोषिलो ख्वाउने ? कसरी स्वस्थ्य राख्ने ? कसरी अनुशासित बनाउने ? कसरी तिक्ष्ण एवं अब्बल बनाउने ? आमाबुवाको ध्यान यसैमा केन्द्रित हुन थालेका छन् । यस क्रममा आमाबुवाले के गल्ती गरिरहेका छन् भने, बालबच्चालाई आफ्नो नियन्त्रण र निर्देशनमा बाँधेर राख्ने । आफ्नो आँखाभन्दा दायाँबायाँ गर्न नदिने । यसलाई अहिले हेलिकोप्टर प्यारेन्टिङ पनि भन्न थालिएको छ । यस किसिमको अभिभावकत्वले बच्चालाई सबल र सक्षम भन्दा पनि परनिर्भर बनाउँदैछ ।

विगतमा यस्तो थिएन । चेतनाले भन्दा पनि बाध्यताले गर्दा धेरै आमाबुवाले बालबच्चामाथि कडा निगरानी गर्दैनथे । बच्चाहरु आफै खेल्थे, आफै खान्थे, आफै रमाउथे । आफुलाई मन लागेको गर्थे । रुन्थे, झगडा गर्थे । यसरी उनीहरु आफ्नो हिसाबले हुर्कन्थे । बुवाआमाको अनावश्यक हस्तक्षेप, नियन्त्रण एवं निगरानी थिएन ।

यसरी हुर्कन पाएका कारण उनीहरुको शारीरिक एवं मानसिक विकासमा धेरै फाइदा पुग्यो । आफ्नो कौतुहलता मेट्न आफैले प्रयास गरे । आफुलाई भोक लागेको बेला खानेकुरा खोज्न सिके । आफुलाई चित्त नबुझ्दा बिरोध गर्न सिके । आफैलाई सम्हाल्न सिके । साथीभाईसँग मिल्न सिके । प्रतिस्पर्धा गर्न सिके ।

बालबच्चालाई प्राकृतिक ढंगले हुर्कन दिनुपर्छ । उनीहरु जसरी खेल्न, रमाउन चाहन्छन्, त्यसमा छुट दिनुपर्छ । अनावश्यक हस्तक्षेपले उनीहरुलाई यन्त्रमानव जस्तै बनाउँछ । आमाबुवाको इशारा वा आदेश विना केहीपनि गर्न नसक्ने अवस्थामा पुग्छन् ।

प्रकाशित मितिः २०७७ साउन २१ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション