काठमाडौं । महेश काफ्ले र आँचल शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘लज्जावती झार’ नेपालमा युट्युबको नम्बर एकमा पुगेको छ । यो गीत पछिल्लो समय चर्चामा छ ।
एक हप्ताअघि रिलिज भएको यो म्युजिक भिडियोमा महेश काफ्लेले एक लजालु युवकको भूमिका निर्वाह गरेका छन् । यस्तै आँचल शर्माले महेशकी प्रेमिकाको भूमिका निर्वाह गरेकी छिन् ।
गीतमा महेश काफ्ले र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ । लोक र आधुनिक शैलीको फ्युजन सुन्न पाइने गीतलाई टिकटक प्रयोगकर्ताले पनि उत्तिकै रुचाएका छन् ।
गायक काफ्लेले नै शब्द र संगीत सिर्जना गरेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।गीतको भिडियोलाई हरि हुमागाईंले खिचेका हुन् भने लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यस्तै भिडियोको निर्देशन आसिफ शाहले गरेका हुन् ।
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments