काठमाडौँ । कोरोना भाइरसले महामारीको रुप लिएपछि बन्द भएका चीनका सिनेमा हलहरु फेरि सुरु हुन थालेका छन् । चीनको एक फिल्म टिकट एपका अनुसार, करीब १७ वटा हल फेरि खुलेका छन् । तर, पहिलो दिन फिल्मको कलेक्सन १ हजार ७० डलर मात्र रह्यो । महामारी फैलिएपछि चीनमा बिहीवार यस्तो पहिलो दिन थियो, देशमा एक जना पनि कोरोना संक्रमित व्यक्ति भेटिएनन् ।
गत हप्तादेखि चीनको सुदूर क्षेत्रका थिएटरहरू व्यवसायमा फर्केका हुन् । विश्वभर फैलिएको कोरोनाका कारण कयौं ठूला फिल्मको चीन रिलिज रद्द भएको थियो । त्यस्तै, चीनका पनि ठूला फिल्म लुनार ईयरको समयमा प्रदर्शन गरिएन । कोरोनाका कारण हलिउडका सबै फिल्मको रिलिज पोस्टपोन्ड भएपछि चीनमा पुनः खुलेका हलहरुले पुराना फिल्म चलाइरहेका छन् ।
फिल्म संकटबाट बाहिर निस्कन चाइना फिल्म ब्यूरोले सिनेमा हललाई केही स्क्रिनिङ अप्सन दिएको छ । ब्यूरोले सिनेमा घरमा देखाउनका लागि पाँच पुराना हिट फिल्म दिँदैछ । प्रदर्शन हुने ती पाँच हिट फिल्मको कमाई हल सञ्चालकलाई नै हुनुपर्ने मागसहित रेग्यूलेटर्सले सरकारसँग कुरा राखेका छन् । एक फिल्मका राइट होल्डरले यो कोशिशलाई च्यारिटी बताएका छन् ।
एक वेबसाइटसँग कुरा गर्दै आईम्याकका सीईओ रिचर्ड गेलफन्डले भने, ‘लगभग सबै निराश छन् र यदी उनीहरुलाई चाँडै मद्दत गरिएन भने सिनेमा कम्पनीहरु संकटमा पर्नेछन् ।’ उनी अगाडि भन्छन्, ‘चिनियाँ फिल्महरूले विस्तारै दर्शकहरूलाई स्थानीय फिल्महरूबाट ओस्कार विजेता फिल्महरूमा आकर्षित गर्नेछन् ।’ कोरोनाका कारण चीनका ७० हजार हल बन्द छन् ।
प्रकाशित मितिः २०७६ चैत्र ९ आइतबार
Comments