काठमाडौं । होली नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ होली गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा गायिका सुशीला पाठकले पनि ‘ह्याप्पी होली’ बोलको गीत ल्याएकी छन् । उनलाई यो गति गायनमा श्रीहरि दाहालले साथ दिएका छन् ।
गीतमा रुपेश बास्कोटाको शब्द र संगीत छ । गीतको भिडियो पनि बनाइएको छ । समन अधिकारीले निर्देशन गरेको भिडियोमा सुरेन्द्र बसेल र समीक्षा पोखरको अभिनय देख्न सकिन्छ ।
प्रमोद भण्डारीको कोरियोग्राफी रहेको भिडियो टंक के.सी. ले खिचेका हुन् भने शिलन लम्सालको सम्पादन रहेको छ ।
प्रकाशित मितिः२०७५ चैत ३ आइतबार
Comments