काठमाडौँ । अनमोल केसी र सुहाना थापा को प्रतिक्षीत फिल्म ए मेरो हजुर ३ को अफिसियल टिजर रिलिज भएको छ । बसन्त पञ्चमीको अवसर पारेर निर्माण टिमले फिल्मको टिजर रिलिज गरेको हो । टिजरमा अनमोललाई मेगास्टारु सम्बोधन गरिएको छ ।
अनमोल र सुहानाको प्रेम कथा रहेको फिल्मको सार्वजनिक टिजरमा दुईको प्रेमलाई सुन्दर ढंगबाट देखाइएको छ । सांगीतिक प्रेमकथामा आधारित बताइएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन् । गत वर्ष यस फिल्मको दोस्रो पार्ट प्रदर्शनमा आएको थियो, जुन बल्कबस्टर साबित भएको थियो ।
चैत २९ गतेबाट देशैभर प्रदर्शनमा आउने तरखरमा रहेको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसमा सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
अनमोलका दुई फिल्म डेढ महिनाभित्र प्रदर्शन हुने भएका छन् । आगामी फागुन १७ मा अनमोलको क्याप्टेनु रिलिज हुदै छ भने त्यसको डेढ महिनामा ए मेरो हजुर ३ु प्रदर्शनमा आउँदैछ ।
अनमोल क्याप्टेनु मा उनी फुटबल खेलाडीको भूमिकामा छन् भने ए मेरो हजुर ३ मा गायक बनेका छन् ।
प्रकाशित मितिः २०७५ माघ २७ आइतबार
Comments