काठमाडौं । बलिउड अभिनेता आमिर खानका लागि अफर गरिएको फिल्म अर्का अभिनेता शाहरुख खानले पाएका छन् । आइतबार मिडियासँग कुरा गर्दै आमिर आफैंले आफ्ना लागि अफर गरिएको फिल्म शाहरुखलाई दिएको बताएका छन् ।
अन्तरिक्ष यात्री राकेश शर्मामाथि बन्न लागेको बायोपिक फिल्मका लागि आमिर आफैंले शाहरुखलाई सुम्पिएको हुन् । यस भूमिकाका लागि शाहरुख नै सबैभन्दा राम्रो विकल्प भएको भन्दै आफूले आमिरलाई फिल्म दिएको बताएका हुन् ।
राकेश शर्मामाथि बन्न लागेको सो बायोपिक फिल्म पहिले आमिर खान र प्रियंका चोपडालाई अफर दिएको थियो । तर, आमिरले शाहरुखको नाम सुझाएका थिए । यस प्रोजेक्ट छोड्ने कारण सोध्दा आमिरले कारण भने खुलाउन चाहेनन् । उनी आफ्नै कारण भएको भन्दै पन्छिएका थिए ।
आरिले एक अन्तर्वातामा भनेका छन्, ‘यस फिल्मको कहानी शानदार छ । राकेश शर्माको कहानी आकर्षक छ र मलाई धेरै मनपर्यो । यो साँचो हो कि मैले शाह शाहरुखलाई फोन गरेर तपाईले यस कहानी सुन्नु, यो एकदमै शानदार छ भनें ।’
उनले अगाडि थपे, ‘मैले शाहरुखलाई यो कहानी तपाईंलाई मन परेमा यो एकदमै आकर्षक फिल्म बन्न सक्छ भनें र उनले कहानी मन पराए । र, फिल्ममा लगातार जुट्दैछन् ।
अन्जुम राजाबालीको यस कहानीलाई महेश मथाईले निर्देशन गर्दैछन् । फिल्मको नाम सम्भवतः ‘सारे जहां से अच्छा’ हुनेछ । यसको निर्माण सिद्धार्थ रोय कपूर र रोनी स्क्रूवालाले गरिरहेका छन् ।
काशित मितिः २०७५ कार्तिक १९ सोमबार
Comments