काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावतको फिल्म ‘मणिकर्निका’को टिजर रिलिज भएको छ । झासीकी रानीको कथामा तयार भएको सो चलचित्रमा कंगनालाई फरक गेटअपमा देखाइएको छ । चलचित्रमा कंगनाबाहेक जिसु सेनगुप्ता, सुरेश ओबरोय, डेन्नी डेन्जोंप्पा, अतुल कुलकर्नी, अंकिता लोखण्डे, मिस्टीलगायतको अभिनय रहेको छ ।
यस चलचित्रका लेखक भी भीएएन्द्र प्रसाद हुन् । जसले ‘बाहुबली’ र ‘भाग मिल्का भाग’ जस्ता हिट फिल्महरु लेखेका छन् भने यस चलचित्रलाइ राधा कृष्णले निर्देशन गरेका छन् । युद्धको कथा देखाइएको यस सन् २०१९ को जनवरी २५ बाट प्रदर्शनमा आउँदैछ ।
प्रकाशित मितिः २०७५ असोज १६ मंगलबार
Comments