भक्तपुर । बिद्यालयमा अध्ययनरत किशोर किशोरीहरु कतिबेला कुलतमा पर्छन् भन्ने जानकारी लिन अभिभावकले चुके त्यसको परिणामा नकारात्मक रहन्छ भन्ने सन्देशका साथ गिति नाटक कुलतको प्रोमो आज भक्तपुरमा रिलिज गरिएको छ ।
भक्तपुर सूर्यबिनायक स्थित रोसम इङ्गिल बोर्डिङ स्कुलमा आज सञ्चारकर्मी माझ कुलतको प्रोमोको रिलिज गरिएको हो । बिद्यालय जाने समया र बिद्यालय पछि फिर्ता हुने समयमा परिवारले आफ्ना सन्तानको समयमको रेखदेख गर्न नसक्दा कलिला बिद्यार्थी कुलतमा फस्न सक्ने सन्देशका साथ यो गिति नाटक निमार्ण गरिएको निर्माता लोकेन्द्र अर्यालले जानकारी दिए ।
सन्तानको भबिष्यलाई सोचेर अभिभावकले खाई नखाई आर्जन गरेको पैसाले आफ्नो सन्तालाई बिद्यालय पठाउने र भबिष्यको सोचलाई साकार पार्ने सपना बुनेता पनि सन्तान कुलतमा फसेपछि ती सबै सपना त चक्कनाचुर हुन्छन् नै लगानी समेत खेर जाने र समाजमा बिकृति भित्रने यो गिति नाटक कुलतले देखाउन खोजेको लेखक तथा निर्देशक लोकेन्द्र बिश्वकर्मा चिदाकासले जानकारी दिए ।
साना नानीहरुको ब्यवहार र संगत कस्तो रहेको छ उनीहरुको अध्ययनको वातावरण कस्तो रहेको छ लगाएत उनीहरुको दैनिकि ब्यवहरा प्रति अभिभावकले ध्यान दिन नसके त्यसको प्रतिफल सकारात्मक भन्दा नकारात्मक रहन सक्ने यो नाटकले देखाउन खोेजेको छ ।
प्रकाशित मितिः २०७५ असोज ७ आइतबार
Comments