काठमाडौं । अनुष्का शर्मा र सोनम कपूरको विवाहपछि अब दीपिका पादूकोणको विवाहको खबरले बलिउड तताएको छ । दीपिका र उनका प्रेमी रणवीर सिंहले यस विषयमा आधिकारिक जानकारी नदिएता पनि यी दुईको विवाहको डेट पनि टुङ्गो लागिसकेको थियो ।
भारतीय मिडियाले दाबीका साथ यी दुईले यसै वर्ष १२ नाभेम्बरमा विवाह गर्ने भनेता पनि यी दुईले विवाह आलटाल गरेका छन् । खबरका अनुसार रणवीर र दीपिकाले यसवर्ष विवाह नगर्ने भएका छन् ।
भारतीय मिडिया इन्डिया टुडेको अनुसार यी जोडीले आउँदो वर्ष अर्थात् २०१९ मा विवाह गर्ने भएका छन् । दुबैले मिलेर यो फैसला लिएको जनाइएको छ । यी दुईले मिलेर लिएको यस विवाहको मिति कमन भएको भन्दै यी दुई विावाहको मिति सारेको बताइएको छ ।
वास्तबमा यी दुई विवाहको मिति नोभेम्बर महिनाको सेड्यूअल नराखेका कारण सञ्चारमाध्यममा आएको छ । नोभेम्बरका लागि यी दुबैले कुनै फिल्म साइन गरेका थिएनन् । र, दीपिकाले साइन गरेको विशाल भारद्वाजको फिल्म फिर्ता पनि दिएकी थिइन् । हुनतः यस खबरको सच्चाई के कति छ यो भने हेर्न बाँकी नै छ ।
काशित मितिः २०७५ असोज ६ शनिबार
Comments