भक्तपुर २९ साउन । धिरज मगर र साम्राज्ञीराज्य लक्ष्मी शाहको मुख्य अभिनय रहेको फिल्म इन्टु मिन्टु लण्डनमा दोस्रो गीत रिलिज भएको छ । असोज ५ गतेबाट रिलिज हुन लागेको सो फिल्मको टाइटल गीतमा धिरजले साम्राज्ञीलाई बन्धनमा बाँध्ने इच्छा जाहेर गरेका छन् ।
गीतमा सुशिल कर्मचार्यको शब्द तथा स्वर रहेको सो गीत गायक कुमार बस्नेत र नविन किशोरको गीतको दन्तैमा जस्तो भावमा गाइएको छ । रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको यो फिल्ममा प्रभु एसजेबी राणाको लगानी छ ।
Comments