काठमाडौं ८ असार । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको बिहेको चर्चा धेरै भएपछि विवाहको विषयमा भरपर्दो समाचार बाहिरिन थालेको छ ।
फिल्मफेयरमा प्रकाशित समाचार अनुसार उनीहरुले १० नोभेम्बरमा बिहे गर्दैछन् । बिहे इटलीमा वा भारतकै बैंगलोरमा हुन सक्छ । बैंगलोरमा दीपिकाको पुख्र्यौली घर छ । इटलीमा बिहे भएको खन्डमा पछि भारतमा रिसेप्सन आयोजना गरिने छ ।
दुवै परिवारको सहमतिमा १० नोभेम्बरको मिति तय गरिएको हो । परिवारका महिला सदस्यहरुले सपिङ पनि सुरु गरिसकेका छन् । केही दिनअघि दीपिका आफैं सपिङ गरिरहेको अवस्थामा भेटिएकी थिइन् । बिहेलाई धुमधामले मनाउन कुनै कसर नछाड्ने मुडमा दुवै परिवार छन् ।
एक अन्तरवार्तामा दीपिकाले आफूले कुनै पनि दिन बिहे गर्न सक्ने बताएकी थिइन् । यो जोडी फिल्म ‘रामलिला’ को सुटिङका क्रममा नजिकिएको थियो । एजेन्सी
Comments